पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु , ६ जना बेपत्ता

काठमाडौं । भारी वर्षाका कारण पहिरोले तीन घर बगाएर तीन जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति वर्षाका कारण आएको पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु हुनुका साथै ६ जना बेपत्ता भएका हुन् ।

 

बिज्ञापन

पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र ८ वर्षीया नातिनी बिबिशाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घरका १४ वर्षीय सम्राट थापा, ३० वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापा बेपत्ता भएका छन् ।

 

यसका साथै अन्य बेपत्ता हुनेमा ३२ वर्षीया कमला विक, उनका छोरा १६ वर्षीय जेनिस र छोरी ७ वर्षीया प्रमिशा रहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा नै तीन जनाको शव मृत अवस्थामा फेला परेकाे थियाे ।