सरकारले सार्वजनिक गर्‍यो कोरोना नियन्त्रणमा भएको खर्चको विवरण (सूचीसहित)

काठमाडौं : सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । तीनवटै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो ।

बिज्ञापन

संघीय संचित कोषबाट श्रोत व्यवस्थापनमा ४ अर्ब १० करोड ५५ लाख ६ हजार खर्च भएको छ ।

त्यस्तै औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइमा १३ करोड ५५ लाख ९८ हजार र अन्यमा ४० करोड ९५ लाद ९ हजार भएको भएको जनाइएको छ ।

सात वटै प्रदेशमा १ अर्ब ३० करोड ४ लाख ९९ हजार र स्थानीय तहमा २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च भएको विवरण सार्वजनिक भएको छ ।