कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी

काठमाडौं। आर्थिक वर्ष २०७७।७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम अन्तर्गत् पहिलो पटक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ । कोरोना भाइरस कोभिड १९ को समयमा आएको कोरोना बिमाको पहिलो दाबी आज भुक्तानी भएको हो ।

कोरोना बिमा गराएका कृषि विकास बैङकका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई बिमा बापतको एक लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

बिज्ञापन

नेको इन्स्योरेन्सले कृषि विकास बैङ्कको खातामा सो दाबी रकम भुक्तानी गरिदिएको हो । बिमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।

सामुहिक बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि ३ सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको छ । बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने छ ।