कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ भने सरकारले छानविन गर्ने र दोषी पाइएमा कानूनको कठघरामा उभ्याएर दण्डित गर्ने बताए ।

बिज्ञापन

उनले कतिपयलाई बाहिर बाहिर अनियमितता भएको हल्ला गर्ने बानी रहेको बताउँदै देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने बताए ।

अहिले भएको खर्चको दिनैपिच्छे लेखापरीक्षण गर्न सम्भव नभएको बताउँदै उनले भोलिका दिनमा महालेखापरीक्षकले त्यसलाई हेर्ने उल्लेख गरे ।