लकडाउनमा बस भनेर कर तिर्नु भनेर सूचना निकाल्नु गैरजिम्मेवार हो – पूर्बमन्त्री बोहरा

काठमाडौं । पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहराले लकडाउनका बेला जेठ २५ भित्र कर तिर्नु पर्ने सरकारी सूचनालाई अमानवीय र गैरजिम्मेवारी भएको बताएका छन ।

 

बिज्ञापन

बुधबार सामाजिक सञ्जाल मार्फत नेता बोहराले सरकारको उक्त सूचनालाई बाध्यात्मक र धम्कीपूर्ण भनेका छन ।

 

नेता बोहरा लेख्छन–‘लकडाउनका कारण व्यवसाय ७२ दिन देखि ठप्प छ ।तर सरकारले जेठ २५ भित्र कर तिर्न बाध्यात्मक र धम्कीपूर्ण सुचना दिएको छ । सरकारको कदम अमानवीय, गैरजिम्मेवार र व्यबसायको हित विपरीत छ । लकडाउनबाट शिथिल अर्थतन्त्रमा सुधार गर्न, रोजगारी सिर्जना गर्न सरकार व्यबसायी मैत्री हुनैपर्छ– सच्याऔ।’

 

यसअघि अर्थमन्त्रालयले बुधबार नै एक सूचना प्रकाशित गर्दै जेठ २५ भित्र कर तिर्न र नतिरे जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।