
काठमाडाैं- नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोनाभाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन्।

बिज्ञापन



यससँगै नेपालमा संक्रमितहरुको संख्या १ हजार ४ सय १ पुगेको छ। कोरोनाभाइरसका कारण नेपालमा अहिलेसम्म ६ जनाको मृत्यू भएको छ। संक्रमितमध्य् २ सय १९ जना निको भएका छन्।
