सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने

सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने भएको छ। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा सरकारले उपलब्ध गराउँदै आएको भत्ता कटौती नगर्ने बताएका हुन्

 

बिज्ञापन

‘यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन्’ ओलीले भने ‘सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ।

 

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ, यस प्रणालीमा आबद्ध सबै श्रमिकहरुको सामाजिक सुरक्षा कोषमा गर्नुपर्ने योगदान रकम हाललाई सरकारी कोषबाटै मिलान गरिनेछ।’ त्यस्तै ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रुपमा भरथेग गरौँ’ भन्ने मान्यतामा सरकार दृढ ओलीले बताए।