मकैबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा खड्का पक्राउ

मोरङ। प्रहरीले पथरी शनिश्चरे नगरपालिका–५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४६ वर्षीय देविन्द्र खड्का रहेका छन् । खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

सोही ठाउँस्थित मकैबारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरी चौकी कुशेचौरीमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।