दाहाल र घिमिरे बीचको आर्थिक लेनदेनको बिषयले लियो उग्ररूप , दाहाल बसे पुन: अनसनमा

झापा।  गौरादह १ निवासी यम दाहाल र सोही वडा बस्ने सृजना घिमिरे बीचको आर्थिक लेनदेनको बिषयमा दुईबीच आरोपप्रत्यारोप चलेको छ। विभिन्न संचार माध्यममा आफू पिडित भएको कुरा दाहालले बताएका थिए। तर त्यसको प्रतीउत्तरमा घिमिरेले आफू चाहिँ दाहालको अन्यायमा परेको बताएकी थिइन।

यता यम दाहालले भने आफ्नो २६ लाख डुबेको र अहिलेको समयमा ब्याज सहित ३६ लाख पुगेको दाबी गर्दै आएका छ्न। आफुले विभिन्न सहकारी तथा व्यक्तिबाट सापट लिएर सृजनालाई उक्त रकम दिएको र अहिले आफू ठूलो समस्यामा परेको दाहालको भनाई छ।

बिज्ञापन

नगर न्यायीक समिती देखि लिएर उद्योग वाणिज्य संघ सहित राजनैतिक पार्टीलाई सहयोगको याचना गर्दा समेत कसैबाट सहयोग नपाएको दाहालको जिकिर छ।

स्मरण रहोस यसै बिषयलाई लिएर दाहालले गत वैशाख १९ गते अनसनको थालनी गरेका थिए। तर केही घण्टामै १ न. का वडा अध्यक्ष नगेन्द्र भण्डारीले यो मामिलामा पुर्ण सहयोग गर्ने भन्दै अनसन तोडाएका थिए।

तर वडा अध्यक्षको उक्त भनाई केबल आश्वासन मात्र भएको र अब उप्रान्त कसैको नि आश्वासनलाई बिश्वास नगर्ने दाहालले बताएका छ्न।

अनसनरत दाहालकी श्रीमतीका अनुसार वडा अध्यक्षले आफ्नो कार्य व्यस्तताका कारण समय दिन नसकेको र सृजना घिमिरेद्वारा बजारमा गलत हल्ला फिजाएको आरोप लगाएकी छ्न ।

आज देखि पुनः अनसनको थालनी गरेका दाहालले आफ्नो रकम फिर्ता हुने ग्यारेन्टी नहुन्जेल सम्म अनसन जारी राख्ने बताएका छ्न।

यता सृजना घिमिरे संग टेलिफोन सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन।