‘नेपालमा कोरोना संक्रमण भयावह हुन सक्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस (कोभि–१९) संक्रमणले भयावह रुप लिन सक्ने बताएका छन् ।

 

बिज्ञापन

आज (बिहीबार) एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले भयावह रुप लिनसक्ने भन्दै सबैलाई सजग र सचेत हुन आह्वान गरेका छन् ।

 

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु देखिएका छन् । यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’ सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन् ।

 

यसैगरी बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसमम ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् । निको भएका मध्ये तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएपछि उनीहरु अस्पताल भर्ना भएका छन् ।

 

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।