क्वारेन्टाइन डुलाउँदाडुलाउँदै एक व्यक्तिको मृत्यु

काठमाडौं : नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइनमा डुलाउँदाडुलाउँदै ज्यान गएको छ ।

 

बिज्ञापन

महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएकामध्ये बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको आज (शनिबार) बिहान ६ बजे मृत्यु भएको हो ।

 

बिहीबार महाकालीपारिबाट नेपाल ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो भने त्यसको भोलिपल्ट शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएयो ।

 

शनिबार बिहान पुनः पुरचौडीको अर्को क्वारेन्टाइनमा हिँडाएर लैजाँदै गर्दा लोहारको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए ।

 

कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । डीएसपी पाण्डेका अनुसार एक महिना भारत बसेका लोहारले दमको औषधि खाइरहेका थिए ।