
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा १ जना पक्राउ परेका छन् ।

बिज्ञापन



शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँ शिवराज–६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको १२ हजार रुपैयाँ चोरी गरी फरार थिए ।

मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए ।
अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ । रासस