कोरोना कहरः भारतमा मृतकको संख्या १ हजार नाघ्यो, एकै दिन १८ सय बढी संक्रमित थपिए

दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा मृतकको संख्या १ हजार पुगेको छ ।

 

बिज्ञापन

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६९ जनाले ज्यान गुमाउँदा १ हजार ८७३ संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहानसम्म भारतमा कुल संक्रमितको संख्या ३१ हजार ३ सय संक्रमित नाघ्दा १ हजार ८ व्यक्तिले ज्यान गुमाएका छन् ।

 

लकडाउन जारी भए पनि भारतमा संक्रमण र मृत्युदर बढिरहेको छ ।

 

हालसम्म त्यहाँ ७ हजार ७ सयले कोरोना जित्दा साढे २२ हजार संक्रमितको उपचार जारी रहेको छ । भारतमा हालसम्म ७ लाख १६ हजार व्यक्तिले कोरोना परीक्षण गरेका छन् ।