

जनकपुर । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४५ वर्षीय रामकुमार मण्डल खंगलाई बुहारीले माड खन्याएर घाइते बनाएकी छन् । सप्तरीमा एक महिलाले जेठाजुको जीउमा तातो माड खन्याएर घाइते बनाएका बनाएकी छिन् ।
बिज्ञापन



शुक्रबार दिउँसो रामकुमार र उनकी बुहारी बीच नालासम्बन्धी विवाद भएको थियो । घर अगाडिकै नालाको बिषयमा राजकुमारसँग विवाद भएको र सोही क्रममा उनले माड खन्याएर जेठाजुलाई घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।


खाना बनाइरहेकी ३५ वर्षकी भेलीदेवी मण्डल खंगले जेठाजु रामकुमारलाई माड खन्याएकी हुन् । उनका श्रीमान रोजगारका निम्ति विदेशमा रहेको छन् ।
घाइते रामकुमारको सागरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले भुली देवीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।