निगमले गर्‍यो ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

काठमाडौं : नेपाल आयल निगमले एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ ।

 

बिज्ञापन

निगमले शुक्रबार एक सूचना जारी गर्दै २०७४ माघ १४ पछि विभिन्न मितिमा अनुमतिपत्र लिएका ५३ मध्ये ५० वटा ग्यास उद्योगको अनुमिति खारेज गरेको हो ।

 

अनुमतिपत्रमा उल्लेख भएअनुसार समय सीमाभित्र ग्यास उठाउने गरी पीडीओ लिन नआएका उद्योगको अनुमतिपत्र खारेज भएका निगमले जानकारी दिएको छ ।

 

साथै ३ वटा उद्योगले शर्तबमोजिमको प्रक्रिया अघि बढाएको पाइएको छ ।

 

सैपाल ग्यास उद्योग अत्तरीया कैलाली, सगरमाथा ग्यास उद्योग, नवलपरासी र सिता ग्यास उद्योग धादिङको अनुमति पत्र भने खारेज भएको छैन ।