
काठमाण्डौ – यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०लाई आफूहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ ।

संसारभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् ।




विदेश मामिला र सुरक्षा नीतिसम्वन्धी अधिकारीहरुले बहुपक्षीय प्रणालीमार्फत् सबैसँग सहकार्य गर्नुपर्ने समय रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतिको घोषणा गर्नुभएको थियो ।
त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेससले महामारीका बेला राजनीति नगर्न आग्रहसहितको प्रक्रिया दिनुभएको थियो । रकम कटौति गर्ने उहाँको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् ।