
नेपाल कम्युनिष्ट पार्टी (नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।

बिज्ञापन



जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका लागि ५० र सशत्र प्रहरीका लागि ५० थान पीपीई सेट हस्तान्त्रण गरिएको नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए । स्वास्थ्यकर्मीको अनुपस्थितीमा संकास्पद व्यक्तीलाई अस्पतालसम्म पुर्याउने काम प्रहरी कै भएकाले सुरक्षा सामग्री सहयोग गरिएको उनले बताए ।

उनले खोजिम मोलेर सुरक्षाकर्मी कोरोना भाइरसविरुद्धको लडाइमा खटिइरहेकाले उनीहरूका लागि सुरक्षा सामग्री अति नै आवश्यक भएकाले पीपीई हस्तान्तरण गरिएको बताए ।