संयुक्तराष्ट्र संघीय मिसनअन्तर्गत अफगानिस्तानमा काम गर्ने नेपालीलाई स्वदेश आउन अनुमति

काठमाडौं : सरकारले संयुक्तराष्ट्र संघीय मिसनअन्तर्गत अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको अनुमति दिएको छ ।

 

बिज्ञापन

हिजो (बुधबार) बसेको उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।

 

समितिका सदस्य सचिव एवम् प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीका अनुसार यूएनले नै आग्रह गरेबमोजिम यूएनमा कार्यरत अफगानिस्तानमा रहेका नेपाली नागरिक फिर्ता ल्याउने निर्णय गरिएको जानकारी दिए ।

 

अफगानस्तानमा कार्यरत यूएनमिसनअन्तर्गतका १८ जना नेपालीले स्वदेश फर्किनका लागि यूएनसँग आग्रह गरेका थिए । सोही आग्रह अनुसार यूएनले नेपाल सरकारलाई अनुमति मागेको थियो ।

 

सरकराले उनीहरुलाई नेपाल आउन अनुमति दिएपछि यूएनले काबुलबाट आफ्नै प्लेनमा कुनै मुलुकमा ट्रान्जिट नगरी सिधैं काठमाडौं ल्याउने छ ।

 

अफगानस्थित यूएनडिपी क्षेत्रीय कार्यालयका प्रमुख अजय दासका अनुसार यहाँ छ हप्ता काम गरेपछि एक हप्ता बिदा पाइन्छ । सोही नियमित बिदामा नेपाल फर्किनका लागि यूएनसँग अनुरोध गरिएको हो ।

 

यता इराकमा रहेका केही नेपालीले पनि स्वदेश फर्किनका लागि यूएनलाई अनुरोध गरेका छन् । तर उनीहरुको हकमा भने के गर्ने भन्ने निर्णय भइनसकेको समितिका सदस्य बिडारी जानकारी दिए ।