
झापा — झापाको गौरादह नगरपालिका वडा नम्बर ७ ले कोरोना संक्रमणको जोखिम कम गर्न बिभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन



वडा कार्यालयले कोरोना भाइरसबाट बच्ने उपाय सहितको जनचेतनामुलक कार्यक्रम वार्ड भर संचालन गरेको वडाध्यक्ष बलराम खरेलले जानकारी दिनुभएको छ ।

यस्तै वाडका बिभिन्न २५ वटा चोकमा हात धुनलाई पानीसहितको बाल्टी र साबुन समेत राखिएको छ । यस्तै बिपन्न बर्गको बढि बसोबास रहेका क्षेत्रमा थप सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै लगिने वडा सचिव ओमनाथ तिवारीले जानकारी दिनुभएको छ ।
यस्तै सतार र मुसहर बस्तीका प्रत्येक परिवारलाई २ पिसका दरले साबुन समेत बितरण गरिएको वडाध्यक्ष खरेलले जानकारी दिनुभएको छ