
सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ।

बिज्ञापन



गभर्नर डा. चिरञ्जीवी नेपालको ५ वर्षे कार्यकाल सकिएसँगै अर्थ मन्त्रालयले शिवाकोटीलाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको हो।

राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको कार्यकाल सकिनुअघि नै समिति बनाएर नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनु पर्ने प्रावधान भए पनि सरकारले समिति गठन गरेको छैन।
स्रोतका अनुसार बालुवाटारले शिवाकोटीलाई नै गभर्नर बनाउने तयारी गरे पनि धेरै आकाङ्क्षी देखिएकाले केही समयका लागि शिवाकोटीलाई कार्यवाहक जिम्मेवारी दिइएको हो।