क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोना भाइरस संक्रमणको आशंका

एजेन्सी : इटालियन क्लब युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । इटाली छोडेर आफ्नो आमालाई भेट्न पोर्चुगलको माडेरा पुगेका रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको हो ।

 

बिज्ञापन

 

क्लबका सहकर्मी डेनियली रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै रोनाल्डोलाई पनि क्वारेन्टाइनमा राखिएको हो । एउटै टिमका खेलाडीलाई कोरोना भाइरसको संक्रमण हुँदा उनलाई पनि भाइरसको संक्रमण हुनसक्ने आशंकामा पोर्चुगलकै क्वारेन्टाइमना रािखएको हो ।

 

यसबारेमा क्लबले विज्ञप्ती जारी गर्दै भनेको छ ‘हालको आपतकालिन अवस्थाको कारण क्रिस्टियानो रोनाल्डो केही समय माडेरामा रहनेछन् ।’

 

रोनाल्डो आफ्नो बहिनीको जन्मदिन मनाउनको लागि पोर्चुगल गएका हुन् । इटालीले आफ्नो देशबाट बाहिर कसैलाई पनि जान नदिइरहेको बेला रोनाल्डोलाई भने इटालियन सरकारले पोर्चुगल जानाको लागि अनुमति दिएको थियो । त्यसपछि उनी मार्च ९ मा पोर्चुगल उडेका थिए ।

 

इटाली सरकारले आपत्तकालिन अवस्थाको घोषणा गर्दै खेलकुदका सबै कार्यक्रमहरु स्थगित गरेको छ ।