इस्टर्न रिजन क्रिकेट: नेपाल र सिंगापुर भिड्दै

काठमाडौं : एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ ।

 

बिज्ञापन

बैंककको टेर्डथाई क्रिकेट मैदानमा हुने नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार बिहान ८ः१५ बजे सुरु हुनेछ ।

 

नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । निकै लयमा रहेको सिंगापुरलाई हराउनु नेपाललाई ठुलो चुनौती रहेको छ ।

 

नेपाल एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरि सकेको छ। नेपालले २ खेलमा पराजित र १ खेलमा जित निकाल्दै प्रतियोगिताबाट बाहिरिएको हो।

 

नेपालको लागि यस खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ । सिंगापुर भने शीर्ष दुई पक्का गर्दै एसिया कप छनोटमा पुगेको छ । तर, अन्तिम खेलमा नेपाललाई हराएर सिंगापुर अपराजित रहन्छ चाहन्छ ।

 

३ खेलमा ३ जितका साथ सिंगापुर तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै नेपाल भने ३ खेलमा १ जित निकाल्दा २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

 

यसअघि सिंगापुरले मलेसिया, हङकङ र थाइल्याण्डलाई पराजित गरेको थियो । नेपाल भने थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो ।