
गोरखामा जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।




ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार राति साढे ९ बजे सडकबाट करिब दुई सय मिटर तल जीप खस्दा गाडीमा सवार १ जनाको मृत्यु भएको र ७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।
दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।
प्रहरीका दिएको जानकारी अनुसार जीप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भीर छ । अन्य घाईतेको अवस्था खतरामुक्त रहेपनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चोट लागेका छ ।
घाईतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भईरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए । धार्चे गाउँपालिका–६ कासिगाउँमा जेष्ठ नगारिक, अपांगता परिचयपत्र वितरण गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको बताइएको छ ।