‘राज्यविरोधी’ सिके राउतलाई राजनीतिक मूलधारमा ल्यायाैं, विप्लवलाई पनि ल्याउँदैछौँ : गृहमन्त्री थापा


हेटौंडा । गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेक्रविक्रम चन्द ‘विप्लव’ समूहलाई राजनीतिक मूलधारमा ल्याउन प्रयत्न भैरहेको बताउनु भएको छ । हेटौंडामा जारी ३ नम्बर प्रदेशस्तरीय सुरक्षा परिषद् बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले वार्ता र संवादको माध्यमबाट विप्लव समूहलाई मूलधारमा ल्याउने प्रयत्न जारी रहेको बताउनुभएको हो ।

बिज्ञापन
फाइल फाेटाे

कार्यक्रमलाई संबोधन गर्दै उहाँले कानुन विपरित गतिविधि गर्नका लागि कसैलाई पनि छुट नभएको बताउनुभयो । ‘हाम्रो संविधान र कानुनले ध्वंसात्मक गतिविधि गर्न छुट दिएको छैन। संविधान र कानुनले नै यस्ता गतिविधि रोक लगाएको छ।’ उहाँले भन्नुभयो, ‘हामीले कानुनअनुसार प्रतिबन्ध गरेका हौं। यसलाई प्रतिबन्धभन्दा पनि कानुनअनुसार चालिएको कदम भनेर बुझ्दा हुन्छ।’

उहाँले राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको स्मरण गर्दै विप्लव नेतृत्वका नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, । ‘राज्यविरुद्धका गतिविधि गर्दा सिके राउतलाई पनि पक्राउ गरिएको थियो । अहिले राज्य विरुद्धका गतिविधि गरेकै कारण विप्लवका नेता तथा कार्यकर्तालाई पक्रउ गरिएको हो ।’

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि प्रथामिकतासाथ सरकार लागि परेको पनि बताउनुभयो । उहाँले भन्नुभया, ‘भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो काम भनेर प्राथमिकताका साथ लागिपरेका छौँ ।’

आन्तरिक सुरक्षालाई सुदृढ नगरी विकास र समृद्धिलाई सुनिश्चित गर्न नसकिने उहाँले बताउनुभयो । देशको सुरक्षा अवस्थालाई सुदृढ गर्नका हेटौंडमा सुरक्षा परिषद्को भेला गरिएको र आन्तरिक सुरक्षा सुदृढ बनाउन केन्द्रित भएको पनि बताउनुभयो ।

उहाँले प्रहरी ऐन परित नहुँदा केहि समस्या देखिएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी ऐन पारित नहुँदा केही समस्या देखिएको छ। त्यो छिट्टै हल हुन्छ। प्रदेशले संविधान अनुसार पाउनुपर्ने सबै अधिकार कानुन निर्माणसँगै पूरा हुन्छ’।