
काठमाडौँ : प्रमुख विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।

बिज्ञापन



बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभापति विजयकुमार गच्छदारमाथि मुद्धा चलाएपछि कांग्रेस सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग रुष्ट रहँदै आएको छ । गच्छदारको मुद्धाको विषयलाई लिएर संसद बैठक समेच अवरुद्ध गर्दै आईरहेको छ ।

आज बस्ने केन्द्रीय समितिको बैठकले कस्तो निर्णय गर्छ भन्ने विषय खुलाईएको छैन । सरकारबिरुद्ध सदनदेखि सडकसम्म आन्दोलन घोषणा गरेर अगाडी बढेको बांग्रेसको यो बैठक विशेष गरी उपसभापति गच्छदारमाथि लगाईएको मुद्धामा केन्द्रित हुने देखिएको छ । त्यसकारण पनि यो बैठक महत्वपूर्ण अर्थ राख्ने बताईन्छ ।