
इटहरी । सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् ।

बिज्ञापन



बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पितृवना सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा माइक्रोका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये एक महिला, दुईजना पुरुष रहेका छन् । मृतकको सनाखात हुन बाँकी छ ।