घरको माथिल्लो तलाबाट खसेर एकजनाको मृत्यु

संखुवासभाको पाचँखपन नगरपालिका–४ मा घरको माथिल्लो तलाबाट खसेर १ जनाको मृत्यु भएको छ ।

 

बिज्ञापन

पाँचखपन–४ को होक्सेमा टाडे घरको माथिबाट खसेर ६८ वर्षीय कर्ण बहादुर जोगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 

टाडे घरको माथिल्लो तलाबाट अचानक तल भुईमा खस्दा जोगीको सोमबार घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।