प्रहरीले गर्यो सचेतना कार्यक्रम , विद्यार्थीहरु भन्छन् `अखाद्य सामाग्री किन नियन्त्रण गरिदैन ?´

 

गौरादह / पौष ४ शुक्रबार

बिज्ञापन

ट्राफिक कार्यालय गौरादहले गोल्डेन सनराइज मा. वी. का बिद्यार्थीहरुलाई ट्राफिक सम्बन्धि सचेतना तालिम प्रदान गरेको छ । बिधालयमा अध्ययनरत मा. वी. तहका विद्यार्थीहरुलाई सचेतना तालिम प्रदान गरिएको हो । तालिममा सहभागी विद्यार्थीहरुलाई प्रोजेक्टरको माध्यम बाट ट्राफिक सम्बन्धि विभिन्न जानकारीहरु प्रदान गरिएको बताइएको छ । सचेतना कार्यक्रमको संयोजन अस्थायी ट्राफिक कार्यालय गौरादह प्रमुख प्रहरी सहायक निरीक्षक नारायण भट्टराईले गरेका थिए ।

 

 

सहभागी विद्यार्थीहरुलाइ विद्यमान कानुनी प्राबधान र सडक दुर्घटना हुन सक्ने कारण र त्यसबाट बच्न सकिने उपायहरू का बारेमा जानकारी प्रशिक्षित गरिएको प्रसनी भट्टराईले ओमकार टाइम्सलाई जानकारी गराएका छन् ।

 

सचेतना कार्यक्रममा बजारमा अनियंत्रित रूपमा बेच्न राखिएका प्याकेजिङ गरिएका अखाद्य सामाग्रीहरु खाने गर्नाले त्यसबाट जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरका बारेमा समेत जानकारी गराइएको थियो । बजारमा पाइने त्यस्ता अखाद्य सामाग्रीहरुको उत्पादन विक्री बितरणमा नियन्त्रण नहुदा विशेषगरि बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको देखिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारको निर्माण भएता पनि अखाद्य सामाग्रीको खुलेआम बेचबिखनमा नियन्त्रण हुन नसक्नु लाई निकै गम्भीरता साथ हेर्नुपर्ने देखिन्छ ।