पूर्वराजा ज्ञानेन्द्र शाह झापामा , हिन्दु सेना नेपालले दियो कडा सुरक्षा

जानुका निरौला

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार (आज) पूर्वाञ्चल भ्रमणमा निस्केका छन् । पश्चिमाञ्चल भ्रमणबाट फर्किएका उनी करिब ३ सातापछि पूर्वाञ्चल भ्रमणमा निस्केका हुन् । पूर्वराजासँगै उनका निजी सचिव सागर तिमिल्सिना पनि संगै भ्रमणमा रहेका थिए । मौसमको कारणले निर्धारित समय भन्दा केही ढिला झापाको भद्रपुर विमानस्थलमा पूर्वराजा चढेको विमान अवतरण भएको थियो ।विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियोे ।

बिज्ञापन

 

हिन्दु सेना नेपालको कडा सुरक्षा सहित पूर्वराजालाई भद्रपुर विमान स्थलबाट झापाको दमक स्थित हिमालय चिया बगानमा अवस्थित दरबारमा ल्याईएको थियो ।भ्रमणको क्रममा सयौंको संख्यामा हिन्दु सेना नेपालका हिन्दु शैनिकहरुले स्कटिङ गरेका थिए भने दमक चोकबाट चिया बगान भित्रको दरबारसम्म बाटोमा सयौं हिन्दु शैनिकहरुलाई खटाइएको थियो ।

 

`देश,धर्म र राजसंस्थाको रक्षाको लागि हिन्दु सेना नेपाल जस्तोसुकै कदम चाल्न तयारी अबस्थामा रहेको छ ´ ओमकार प्रतिनिधिसंग छोटोे कुराकानी गर्दै हिन्दु सेना नेपालको भातृ संगठन हिन्दु युवा वाहिनीका वाहिनीपती प्रतिकले भने । साथै उनले सामाजिक रुपान्तरणमा कुनै पनि कसर बाकी नराखी देश र धर्मको रक्षा गर्ने जानकारी गराए ।

 

पूर्वराजाले एक महिना लामो झापा बसाइका क्रममा विभिन्न मन्दिरको दर्शन तथा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । उनको सुरक्षाको बन्दोबस्ती मिलाउन उनका अंगरक्षक सशस्त्र प्रहरीका डिएसपी राजन गुरागाईसहितको २५ सदस्यीय टोली आइतबार झापा आइसकेको छ । झापामा रहँदा उनी आफ्नै स्वामित्वमा रहेको हिमालय टि स्टेटमा बस्ने प्रवन्ध गरिएको छ ।

 

पूर्वराजाको बसाईका क्रममा राप्रपाका उच्च तहका नेता, पूर्वराजावादी, युवा संघ-संगठन, विश्व हिन्दू युवा संघलगायतका नेता तथा कार्यकताहरुलाई समेत भेट्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजाको निजी सचिवालयले भने उनको निजी भ्रमण भएको जनाएको छ ।