जनकपुरमा बम आतंक

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकास्पद वस्तु फेला परेको हाे ।

 

बिज्ञापन

आइतबार राति ९ बजे र आज सोमबार करिब साढे ९ बजे फेरि अर्को ठाउँमा शंकाष्पद वस्तु हरियो बोरामा बेरिएको अवस्थामा सरस्वती उच्च माध्यमिक विद्यालय छेउमा वेवारिसे बोरा फेला परेको छ ।

 

जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान नेपाली सेनाले निष्क्रिय पारेको छ ।

 

प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पहिले बम भेटिएको संकटमोचन मन्दिरदेखि दुई सय मिटर पूर्वतर्फ बाह्रबिघास्थित सरस्वती उच्च मा विद्यालय नजिक सडकमा शंकास्पद वस्तु देखिएको जानकारी दिए ।

 

विद्यालय नजिक सडक बीचमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले अहिले त्यहाँ आवतजावतमा रोक लगाएको छ ।

 

जनकपुर स्थित बाह्रबिघा मैदानमा एनसेलले महामेला आयोजन गर्न लागेको जानकारी पाएपछि बिप्लव नेकपाले सोको वरिपरि बम राखेको आशंका गरिएकाे छ ।रातोपाटीबाट