गौरादह प्याब्सनको कार्यक्रम सम्पन्न, मुख्य  विजेता गोल्डेन सनराइज

गौरादह / मंसिर २८

गौरादह नगर प्याब्सन द्वारा आयोजित प्रतियोगितात्मक  सांस्कृतिक कार्यक्रमका अधिकांश पदकहरु गोल्डेन सनराइज मा . वी. ले जितेको छ । शुक्रवार र शनिबार गरि दुई दिन सम्म सन्चालन भएको कार्यक्रममा गोल्डेन सनराइज मा. वी. ले सांस्कृतिक प्रतिस्पर्धाका मुख्त मुख्य पदकहरु हात पारेको हो । गोल्डेन सनराइजले १२ वर्ष भन्दा मुनिको गायनमा प्रथम स्थान हासिल गरेको छ भने सो उमेर समूह भन्दा माथीको गायनमा समेत द्वितीय स्थान हासिल गरेको छ ।
होम ग्राउन्डमै सम्पन्न कार्यक्रममा प्रतियोगिता कै महत्त्वपूर्ण मानिने लोक भाकाको नृत्यमा गोल्डेन सनराइज मा. वी. ले सर्वोत्कृष्ट अंक समेट्दै प्रथम स्थान हासिल गरेको छ ।
शुक्रवार सम्पन्न जुनियर समुहको नृत्य प्रतियोगितामा समेत गोल्डेन सनराइज ना. वी. ले उत्कृष्ट प्रदर्शन गरेको बताइन्छ । गोल्डेन सनराइज मा. वी. को स्थापना वि. सं. २०५० मा भएको हो । स्थापनाकाल देखि नै यो बिधालयले अतिरिक्त कृयाकलापमा आफूलाई अग्रस्थानमा राख्दै आएको इतिहास पाइन्छ । गौरादह क्षेत्रमा हुने सांस्कृतिक लगायतका अन्य विभिन्न अतिरिक्त क्रियाकलापमा गोल्डेन सनराइज मा. वी. अब्बल सावित हुँदै आएको बिधालयका निर्देशनक गणेश कुमार श्रेष्ठको भनाइ रहेकोे छ ।
परम्परागत  शिक्षा पद्धतिलाई विस्थापित गर्दै आधुनिक शिक्षण सिकाइ पद्धतिको प्रयोग गरेकाले पनि यस बिधालयमा अध्ययनरत विद्यार्थीको चौतर्फी विकास सम्भव भएको वहाँको भनाइ छ ।
 प्रत्येक वर्ष सञ्चालन गर्ने गरेको सांस्कृतिक कार्यक्रम यस वर्ष विशेष प्रकारका विद्याहरु थप गरेर सप्पन्न गरिएको आयोजकले जनाएको छ । थप गरिएका महत्त्वपूर्ण विधाहरु मध्ये मोर्डन नृत्य र राष्ट्रिय गितमा आधारित नृत्य मुख्य रहेकोे बताइएको छ ।
बिजेता बन्न सफल अन्य बिधालयहरुमा माउन्ट एभरेस्ट मा. वी., ज्ञान ज्योति मा. वी. इमिनेन्ट कन्चनजंघा, नमुना मा. वी. तथा बैगुन्धुरा मा. वी., बिध्योदय मा. वी.  रहेका छन् । उल्लेखित बिधालयहरुले मोर्डन, नेसनल, तथा लोक नृत्य लगायत गायन बिधामा उपादी जित्न सफल भएको जनाइएको छ ।

बिज्ञापन