बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।

 

बिज्ञापन

नेपाललाई जित दिलाउन सुनिल बलले खेलको ११ औं मिनेटमा निर्णायक गोल गरे । अब नेपालले स्वर्णका लागि भुटानसँग मंसिर २४ गते खेल्नेछ ।