वडा अध्यक्षको घरमा बम विस्फोट

कास्की : पोखरा महानगरपालिका ३३ का वडा अध्यक्षको घरमा सोमबार बिहान २ः३० बजे बम विस्फोट भएको छ । वडा नम्बर ३३ का अध्यक्ष आचार्यको वडा नम्बर १७ मा अवस्थित घरमा बस्दै आएका थिए ।

 

बिज्ञापन

बम विस्फोटबाट अध्यक्ष शिवप्रसाद आचार्यको घरमै पार्किङ गरी राखेको ग२च४२६ नम्बरको गाडीको अघिल्लो भागमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

 

बम विस्फोट कसले र किन गराएको भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।