
प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक हेमोडायलासिस गरिएको छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउपछि उनलाई ग्राण्डी अस्प्तालमा भर्ना गरिएको तेस्रोपटक डायलासिस गरिएको हो । यस्तै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणको निष्कर्षमा पुगेका छन् । नियमित डायलासिस गर्ने वा प्रत्यारोपण गर्ने भन्ने विकल्पमा उनले प्रत्यारोपण ने रोजेको चिकित्सकले बताएका छन् ।

प्रत्यारोपण विदेशमा गर्ने कि नेपालमै गर्ने भन्ने टुंगो भने लागेको छैन । शनिबारको डायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्यमा केही सुधार आउको उपचारमा संलग्न चिकित्सक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनी शनिबारै बालुवाटार फर्किका छन् । १३ कात्तिकमा ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन अल्ट्रा–फिल्ट्रेसन गरिएको थियो ।
बिज्ञापन



