झापाको गौरादहमा १ करोड बाती बालिने

गौरादह कार्तिक २१- झापाको गौरादह नगरपालिकामा आयोजना गरिने अध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवमा १ करोड लक्ष्यद्विप अर्थात बाती बाल्ने कार्यक्रम रहेको छ । आफ्ना नानीलाई अध्यात्मिक शिक्षा दिऔं, छरिएर रहेका परम्परा र संस्कृतिको जगेर्ना गरौं, आन्तरिक पर्यटन प्रवर्द्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन गइरहेको महोत्सवको मुख्य आकर्षणको रूपमा श्रीमद्भागवत महापुराण रहेको र यज्ञ समापनको अवसरमा १ करोड लक्ष्यद्विप प्रज्वलन गरिने बताइएको छ । लक्ष्यद्विपको लागि आवस्यक पर्ने तेल र बाती हरेक नगरवासीको घर घर बाट संकलन गरिने लक्ष्य रहेको आयोजक समितिका अध्यक्ष डा. तिलक खनालको भनाइ रहेको छ । श्रीमद्भागवत कथा पारायण भमिरहेको समयमा पनि भक्तजनको हात बाटै बाती कात्ने विशेष कार्य सन्चालन गरिने हो भनें १ करोड लक्ष्यद्विप प्रज्वलन गर्नको लागि खासै समस्या नपर्ने खनाल बताउछन् ।
महोत्सवलाई विशेष र ऐतिहासिक बनाउनको लागि विश्वमै चर्चित सक्तिपिठ पाथीभरा माताको प्रतिमा राखी पुजा आराधना गराइने, भगवान गौतम बुद्धले ध्यान गरेको सांकेतिक प्रतिमा राखिने, पशुपतिमा आरती गर्ने आरती समुहलाइ निमन्त्रणा गरेर हरेक दिन महाआरती गरिने, मुक्ति क्षेत्र बाट ल्याइएको पवित्र शालिग्राम राखी पुजा अर्चना गरिने, विभिन्न भाषा संस्कृति तथा परम्परागत सामाग्रीहरुको बृहत प्रदर्शनी गरिने, गौशाला स्थापना गरि गौपुजन गरिने, घरेलु सिपको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय स्तरमा उत्पादित सामाग्रीको प्रदर्शनी गरिने लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सव आगामी मंसिर ८ देखी १६ गते सम्म अतिथि सदन परिसरमा संचालित हुनेछ भनें यस महा महोत्सवमा लागुऔसध दुर्व्यशनी विरुद्धका उत्प्रेरणामुलक कार्यक्रमहरु र बृत्तचित्र समेत प्रदर्शनी गरिने बताइएको छ ।

बिज्ञापन