आमा र बच्चाको मृत्युु भएपछि विराट नर्सिङ होममा तनाव

विराटनगर । विराट नर्सिङ होममा डाक्टरको लापरर्वार्हीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन । डेलिभरी गर्ने गएकी दुहवीकी २१ बर्षिय रमिला कार्कीको नर्सिङ होमको लापरर्वार्हीले मृत्यु भएको भन्दै धर्ना दिएका हुन ।

अस्पतालमा लापरवार्हीकै कारण बच्चा र आमाको मृत्यु भएको भन्दै अस्पतालमा अहिले आफन्तहरुले धर्ना दिईरहेका छन । विरामीका आफन्त विकास कार्की भने डाक्टरहरुले अहिले सम्म पनि मृत्यु भएको छैन भन्दै ढाट्दै आएको छ । विना अप्रेशन (नर्मल डेलिभरी) भएको भए पनि अस्पतालको चरम लावरर्वार्हीले विरामी र बच्चाको मृत्यु भएको मृतकका आफन्त कार्कीले भने ।

बिज्ञापन

हिजो भएको नर्मल डेलिभरीको विरामी कसरी मर्यो भन्दै आफन्तहरुले अस्पताल क्षेत्रमा नाराजुलुस गरिरहेका छन । अस्पताल क्षेत्रमा अहिले तनाब भईरहेको छ । विराट नर्सिङ होममा पछिल्लो समय विरामीहरुको मृत्यु धेरै हुन थालेको छ ।