
दमक / चुलाचुली गाउँपालिका १ तीनतले बस्ने १३ वर्षीया बालिकाको सर्पको टोकाई बाट मृत्यु भएको हो । आइतवार राति कोठामा सुतिरहेको अवस्था उनलाई बिषालु सर्पले टोकेको थियो ।

बालिकाको हातमा सर्पले टोकेको डाम देखिएपछि दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश केन्द्रमा लगिएको थियो भने उनको उपचारका क्रममा हिजो बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
बिज्ञापन



