
दमक / काभ्रेपलाञ्चोकमा अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोकमा अनलाइन जुवा खेलाएको आरोपमा भक्तपुर नगरपालिका-८ का ३२ वर्षीय दिगज नकर्मी, सोही नगरपालिका-४ बस्ने २८ वर्षीय संजिब कुशी, रोशन प्रजापति, सूर्यविनायक नगरपालिका-७ कटुन्जे बस्ने २९ वर्षीय एलिस कुश्म, काठमाडौं महानगरपालिका-१६ का रोजन महर्जन पक्राउ परेका हुन्।
बिज्ञापन



लाई जिल्ला प्रहरी कार्यालयको टोलीले काभ्रे मण्डनदेउपुर नगरपालिका-७ नगरकोटको एक होटलबाट उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

अनलाइन जुवा खेलाइरहेको ठाउँबाटै ल्यापटप ५ थान, मोबाइल १८ थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।
उनीहरूविरूद्ध थप अनुसन्धान भइरहेको छ।