
दमक / झापाको दमक नगरपालिका–९ मा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। दमक–९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर सोही वडाका ११ वर्षीय रमन धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले पुष्टि गरेको छ।

पाणिनी माध्यमिक विद्यालय दमक–९ मा कक्षा ६ मा अध्ययनरत रमन हिजो दिउँसो खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजतलासका क्रममा आज बिहान उनको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
बिज्ञापन



घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
