
दमक / नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश)को मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

आइतबार बर्दियाको गणेश चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्यालको नेपालगन्ज शिक्षण अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो।
बिज्ञापन



चालक विष्णु पौडेल घाइते अवस्थामा गुलरियामा उपचाररत छन्। साइकल यात्रुलाई बचाउँदा मोटरसाइकल अनियन्त्रित भएको प्रहरीले जनाएको छ। साइकल यात्री प्रदिप थारु सामान्य घाइते भएका छन्।
