सुनसरी हरिनगर गोलीकाण्ड: १८ वर्षीया किशोरीको हत्या

दमक / सुनसरीको हरिनगर गाउँपालिका–६, महरम चोकमा सोमबार बिहान १८ वर्षीया अरसी खातुनमाथि गोली प्रहार भई मृत्यु भएको छ। प्रहरीका अनुसार भारतीय नागरिक तथा मृतकको  भिनाजु नाता पर्ने २९ वर्षीय अजाद मियाँ घटनामा संलग्न भएको प्रारम्भिक शंका छ।

हाल उनी फरार छन्। घटनास्थलबाट नपड्केको गोली पनि बरामद गरिएको छ। घटना पारिवारिक विवाद वा अन्य कारणले भएको हुनसक्ने आशंका छ, तर कारण खुल्न बाँकी छ। आरोपी पक्राउका लागि सीमा क्षेत्रमा निगरानी कडा पारिएको छ।

बिज्ञापन

शान्त गाउँमा यस्तो घटना भएपछि स्थानीय त्रसित छन् र पीडित परिवार न्यायको पर्खाइमा छन्।