कैलाली जिल्ला कारागार भित्र कैदीबन्दीहरूबीच कुटाकुट

दमक / कैलाली जिल्ला कारागार भित्र कैदीबन्दीहरूबीच कुटाकुट भएको छ।

एकजना कैदीले नाइकेलाई कुटेपछि कारागारमा कुटाकुट भएको हो। कारागारमा कुटाकुट भएर विवाद भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक कारागारमा पुगेका छन्। कुटाकुट हुँदा एक जना कैदीको नाकमा चोट लागेको छ।

बिज्ञापन

जिल्ला कारागार, कैलालीमा यसअघि पनि पटक–पटक यस्ता झगडा हुने गरेका छन्। फरक–फरक समूहमा बाँडिएका कैदीबिच विवाद र कुटाकुट हुने गरेको हाे।