बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

दमक / अर्घाखाँचीमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।

अर्घाखाँची सन्धीखर्क नगरपालिका-१२ बाँसखर्क बस्ने ४० वर्षीय झुपे नेपालीले बुबा ७२ वर्षीय जंग बहादुर नेपालीको हत्या गरेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो।

बिज्ञापन

झुपेले कुटपिट गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी अर्घाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उक्त सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।