
दमक / विराटनगरमा कोरोना भाइरस (कोभिड–१९)का ४ जना संक्रमित फेला परका छन् ।

संक्रमित फेला परेसँगै जोखिम बढ्न थालेको पुष्टि हुन्छ । संक्रमण बढ्न थालेसँगै सतर्कता अपनाउनुपर्ने अवस्था आएको स्वास्थ्य क्षेत्रका विज्ञहरु बताउँछन् ।
बिज्ञापन



संक्रमितहरूमा केही सामान्य लक्षण मात्र देखिए पनि समुदायमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको महानगरले जनाएको छ । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विराटनगर महानगरपालिकाले असार २५ र २६ गते अर्थात बुधबार र बिहीबार विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
