
दमक / ताप्लेजुङमा मूर्ति तोडफोड भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२को सादेवास्थित सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री कृष्णको मूर्ति तोडफोड भएको हो ।
बिज्ञापन



मन्दिरबाट करिब २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको गाउँपालिका अध्यक्षले बताउनुभयो । उहाँका अनुसार मूर्तिको एउटा हात भाँचिएको र मूर्ति पूर्णरुपमा तोडफोड भइ पहिचान गर्न नसकिने अवस्थामा पुगेको छ ।

१ महिना अघि मात्र मूर्तिको अनावरण गरिएको थियो भने मूर्ति कोशी प्रदेशका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले अनावरण गर्नुभएको थियो ।
अनुसन्धान सुरु गरिएको अध्यक्ष राईको भनाइ छ ।