टेक्सास बाढीमा १०० बढीको मृत्यु, ३० भन्दा बढी बेपत्ता

दमक / अमेरिकाको टेक्सासस्थित ग्वाडालुप नदीमा आएको भीषण बाढीमा परी १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्।

टेक्सास हिल कन्ट्रीको मिस्टिक नामक शिविरमा मात्र २७ जना शिविरकर्मीको मृत्यु भएको छ। उद्धार टोलीले विभिन्न शिविरबाट २८ बालबालिकासहित ८४ जनाको शव फेला पारेको छ।

बिज्ञापन

ट्राभिस, बर्नेट, केन्डल, टम ग्रीन र विलियमसन काउन्टीमा मात्र १९ जनाको मृत्यु भएको छ। खोजी तथा उद्धार कार्य जारी छ भने मृतक संख्या अझै बढ्न सक्ने अधिकारीहरूको अनुमान छ।