रसुवाको बाढीमा १८ जना सम्पर्कविहीन, प्रहरीसहित ९ जनाको उद्धार

दमक /  रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा गएराति आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन्। बेपत्तामध्ये ३ जना प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेका छन्।

उद्धारमा खटिएका तीन प्रहरीसमेत सम्पर्कविहीन छन्। बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा भत्किएको छ भने चार्जिङ स्टेशन, विद्युतीय गाडी, भन्सार यार्ड र रसुवागढी हाइड्रोपावरमा समेत क्षति पुगेको छ।

बिज्ञापन

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।