
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै नयाँ पार्टी घोषणा गरेका व्यवसायी एवं टेस्लाका सिईओ एलोन मस्कको आलोचना गरेका छन् ।

ट्रम्पले मस्कको तेस्रो पार्टी बनाउने घोषणालाई हास्यास्पद भन्दै उनको यो कदमले भ्रम मात्र पैदा गर्ने बताएका हुन् । उनले आफ्नो पार्टी रिपब्लिकनलाई एउटा सुचारु रुपमा चल्ने मेसिनको रुपमा वर्णन गरेका छन् ।



मस्कले नयाँ राजनीतिक दल अमेरिका पार्टीको घोषणा गरेको एक दिनपछि ट्रम्पले भने ‘तेस्रो पार्टीको सुरुवात गर्नु हास्यास्पद छ, हाम्रो रिपब्लिकन पार्टी निकै सफल छ, डेमोक्रेट्सले आफ्नो बाटो भुलिसके तर यो सधैं दुई–पक्षीय प्रणालीमा रहेको छ, तेस्रो पार्टी निर्माणले भ्रममात्र बढ्नेछ ।’

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १७ लाख रुपैयाँको कारोबार भएका छन् ।