
दमक / मोरङमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। बिराटनगर–३ स्थित आयल निगम नजिक कोशी लोकमार्गमा बिहान करिब ४:३५ बजे कन्चनबारीतर्फ जाँदै गरेको को.३७ प. २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरी मधुवन–१ का २४ वर्षीय अरबिन यादव गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि नोबेल अस्पताल, बिराटनगर लगिएको थियो। तर डाक्टरले जाँच गर्दा अस्पतालमा पुर्याउनुअघि नै उनको मृत्यु भइसकेको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बिज्ञापन



प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
