
दमक / धनकुटामा श्रीमतीले श्रीमानमाथि छुरा प्रहार गरेका छन् ।

शनिबारराति धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाट बजार बस्ने ४० वर्षीया माया राईले घरायसी विवाद हुँदा श्रीमान ४५ वर्षीय सनम सुब्बालाई मलद्वारमा छुरा प्रहार गरी घाइते बनाएकी हुन् । प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटिएर छुरा प्रहार गर्ने माया राईलाई छुरासहित नियन्त्रणमा लिएको छ ।
बिज्ञापन



घाइतेको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

राईलाईआवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटातर्फ लगिएकाे छ।